Kath Khabar
चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते

कञ्चनपुर, असार २७ । चट्याङ लागेर भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृत्यु भएको छ । मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बाबुछोरा बसेका बेला चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका लालसिंहको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

माछा मार्न गएका युवक बेपत्ता
माछा मार्न ह्युमपाइपभित्र पसेका भरतपुरका एक युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–३ बाह्रघरेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ बेपत्ता हुनुभएको हो ।  

श्रेष्ठ सडक किनारबाट नारायणी किनारमा ढल निकासका लागि जमिनमुनि गाडिएको ह्युमपाइपभित्र माछा मार्न आज बिहान ९ः३० बजे पस्नुभएको थियो । ह्युमपाइपभित्र पस्नुभएका श्रेष्ठ नफर्किएपछि उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update