Kath Khabar
अमेरिकाले पठाएको १५ लाख डोज भ्याक्सिन आईपुग्यो

काठमाडौं, असार २८ । अमेरिकाले नेपालको लागि सहयोगस्वरुप उपलब्ध गराएको १५ लाख डोज कोरोना भाईरस (कोभिड-१९) बिरुद्धको भ्याक्सिन काठमाडौंमा आईपुगेको छ । कतार एयरवेजको नियमित उडानमार्फत आज सोमबार नेपाल आईपुगेको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ ।

अमेरिकाले जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराएको हो । यो खोप एक डोज मात्र लगाए पनि स्वास्थ्यमन्त्री श्रेष्ठले जानकारी दिनुभएको छ । स्वास्थ्यमन्त्री श्रेष्ठका अनुसार अमेरिकाबाट प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने लगाउने तयारी गरिएको छ । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत नेपाललाई १५ लाख ३४ हजार आठ सय ५० मात्रा खोप सहयोग गरेको हो ।   

 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update