Kath khabar
गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले दुवईमा गरे इन्गेजमेन्ट

 

                     काठमाडौं, असार ५ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् ।  केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले दुवई पुगेर इन्गेजमेन्ट गरेका हुन् ।

महेश र अस्मिता दुबैले आफूहरूले इङगेजमेन्ट गरेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् । पछिल्लो समय प्रेम सम्बन्ध रहेको चर्चा चले पनि उनीहरूले अस्वीकार गर्दै आएका थिए।

नेपाल आइडल सिजन-२ मा सहभागी भएर गायन यात्रालाई अगाडि बढाएकी अस्मिता प्रतिभाशाली नेपाली गायिका हुन् । उनले नेपाली चलचित्रका थुप्रै चर्चित गीतहरु गाएकी छिन् । यि दुई जोडीले पनि केही चर्चित गीतहरु सँगै गाएका छन् ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update