Kath Khabar
उत्साहजनक रुपमा बढ्यो घरजग्गा कारोबार, राज्यलाई पनि ५२ अर्ब आम्दानी

काठमाडौं, साउन ४ । कोरोना महामारीकै बीचमा भएपनि यो वर्ष घरजग्गा कारोबार उत्साहजनक रुपमा बढेको छ । घरजग्गा कारोबार बढ्दा राज्यलाई पनि राम्रो आम्दानी भएको छ ।

सरकारले घरजग्गा कारोबारमा रजिष्ट्रेशन दस्तुर, सेवा कर, पुँजीगत लाभकर, बागमती सभ्यता, मूख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क लिने गरेको छ । यि बापत सरकारले यो वर्षमा मात्रै ५२ अर्ब ६८ करोड रकम संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा  ६ लाख ९८ हजार ७६ वटा घरजग्गा किनबेच भएका थिए । ज

सबाट राज्यले १८ अर्ब १५ करोेड राजस्व प्राप्त गरेको थियो । महामारीका कारण यो वर्ष मालपोत कार्यालयहरु ४ महिना जति बन्द भएका थिए,र त्यो बेलामा कारोबार हुन पाएको थिएन । तर, गएको वर्षमा भने डेढ महिना मात्रै मालपोत कार्यालयहरु बन्द रहेका थिए । व्यवसाय गर्नेहरुले जग्गा बेचेर भएपनि व्यवसायलाई निरन्तरता दिन खोजेकाले कारोबार ठूलो मात्रामा बढेको देखिएको विभाग बताउँछ । डुबेको व्यवसाय उकास्न घरजग्गा बिक्री गर्नेहरु बढेकाले पनि कारोबार यो वर्ष बढेको देखिएको हो ।

भूमि व्यवस्था तथा अभिलेख विभागका प्रवक्ता गुरुदत्त पौडेल भन्छन्  ‘रेमिट्यान्समा कुनै कमि आएको छैन, बरु बढेको छ, अन्य क्षेत्रमा लगानी गर्ने अवस्था नरहेकाले यो रकम पनि घरजग्गामै गयो, साथै मालपोत कार्यालय गत वर्षभन्दा बढि समय खुल्यो, जसका कारण पनि कारोबार बढेको देखिएको हो । आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष डेढ गुणाले कारोबार बढेको देखिन्छ । यति मात्रै होइन, घरजग्गा किनबेचबाट प्राप्त हुने राजस्व पनि ७८ प्रतिशतले बृद्धि भएको छ ।

गत वर्ष घरजग्गा किनबेचबाट १८ अर्ब १५ करोड राजस्व संकलन भएकोमा यो वर्षको सोहि अवधिमा यस्तो राजस्व बढेर ३२ अर्ब पुगेको छ । कित्ताकाट गरेर राखिएका टुक्रे जग्गाको किनबेच बढि भएको देखिन्छ । त्यस्तै यस्तो कारोबार पनि काठमाडौं उपत्यका र अन्य ठूला शहरी क्षेत्रमा बढि भएको देखिन्छ ।

मालपोत कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १५ हजार तीन सय ७१ घरजग्गा  किनबेच भएकोमा यो १७ हजार तिन सय २४ वटा घरजग्गा किनबेच भएको छ । बिशेषगरी ललितपुरका शहरबाट नजिक पर्ने ग्रामिण भेगका जग्गाको कारोबार पछिल्लो  समय ह्वात्तै बढेको मालपोतका कर्मचारीहरु बताउँछन् ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update