Kath Khabar
प्रतिमान नीमा स्मृति प्रतिष्ठानले अमेरिकाबाट भित्र्यायो स्वास्थ्य सामाग्री

काठमाडौ, साउन ४ । नेपालमा कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि प्रतिमान नीमा स्मृति प्रतिष्ठानको पहलमा दोस्रो चरणको सहयोग सामाग्री नेपाल आइपुगेको छ । अन्तराष्ट्रिय संस्थाहरु प्रोजेक्ट होप, एयर लिङ्क, फेलेक्स पोर्ट डट ओआरजी, हेनरी सेचिन केयरर्स, मेड शेयरको सहकार्यमा प्रतिष्ठानले आइतबार चाटर्ड बिमान मार्फत दोस्रो चरणको सहयोग सामाग्री नेपाल भित्राएको हो ।

प्रतिष्ठानले पीपीई ग्राउन आईसोलेशन २० हजार थान, फेससिल्ड १९ हजार चार सय ४० थान, माक्स ७० हजार थान, एन ९५ माक्स डिसपोजेवल १५ हजार थान भित्राएको छ । त्यस्तै डिजल थर्मामिटर एक सय ६० पिस, प्रोटेक्ट फेससिल्ड १५ हजार सात सय ५० थान, पिपिई कभर मिडियम २३ सय चार थान, पिपिई कभर अल लार्ज २३ सय चार थान, ईमरजेन्सी रिलिफ वेड ३० थान पनि आइपुगेको छ भने डिसपोजेवल ग्लोवस १४ लाख थान, केएन ९५ प्रोटेक्टिभ माक्स एक लाख २८ हजार थान गरी करिव आठ करोडको स्वास्थ्य सामाग्री नेपाल ल्याइएको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिनुभयो । यसअघि पनि साढे दुई करोड बराबरको स्वास्थ्य सहयोग गरिसकेको उहाँको भनाई छ ।

उहाँले कोरोना तेश्रो चरणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री ल्याइएको बताउनुभयो । नेपाल ल्याइएका स्वास्थ्य स्वास्थ्य सामाग्री नेपाल सरकारसंगको समन्वयनमा सातै प्रदेशमा वितरण गरिने थापाले जानकारी दिनुभयो । त्यस्तै प्रतिष्ठानका निर्देशक धर्म केसीले कोरोना रोकथाम र न्युनिकरणका लागि बिभिन्न प्रकारका स्वास्थ्य सामाग्री नेपाल ल्याइएको र उक्त सामाग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो । मन्त्रालयको आपूर्ति तथा व्यवस्थापन महाशाखासंगको समन्वय र सहमतिमा मुलुकका आवश्यक स्थानमा बितरण गरिने उहाँको भनाई छ ।

यसअघि पहिलो चरणमा दुई करोड ७० लाख बारावरको अक्सिजन कन्सनट्रेटर, अक्सिजन सिलिण्डर, मेडिकल टेन्ट, वाईप्याप मेसिन, आइसीयू वेड, पीपीई, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु बितरण गरेको थियो ।

 

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update