Kath Khabar
काठमाडौंको स्वयम्भुमा सेफ्टी ट्याङ्कीमा खसेर एक व्यक्तिको मृत्यु


काठमाडौं, साउन ५ । काठमाडौं स्वयम्भु बस्ने दोलखा कुन्जल गाउँपालिका–४ घर भएका निवास शेर्पाको छोरा ६ वर्षीय विश्व उदासको सेफ्टी ट्याङ्कीमा खसेर सोमबार साँझ मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित कृषि तथा पशु क्याम्पसको निर्माणाधिन ट्याङ्कीमा पर्खाल लगाउने क्रममा बाबुसँगै आउनुभएका उदासको खेल्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएकोमा बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update