Kath Khabar
साउन ६ गते सार्वजनिक बिदा

काठमाडौँ, ५ साउन । सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

(रासस)

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update