Kath Khabar
गोली लागेर युवकको मृत्यु

चितवन, साउन ७ । भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला पर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृतावस्थामा फेला पर्नुभएको हो । उहाँको टाउकामा गोली लागेको जस्तो घाउ देखिएको छ । नजिकै गोलीको एउटा खोका पनि भेटिएको उहाँले जानकारी दिनुभयो ।

बिहान अबेर मात्र घटनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदै उहाँले मृत पुरुषको सनाखत भई नसकेको बताउनुभयो । सो क्षेत्रमा प्रहरीले शव निकालेर घटनाको अध्ययन थालेको बताइएको छ ।

(रासस) 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update