Kath Khabar
पहिरो जाँदा यातायात सेवा अवरुद्ध

मकवानपुर, साउन ८ । मदन भण्डारी राजमार्गको कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुक्खा पहिरो जाँदा त्यहाँको यातायात सेवा अवरुद्ध भएको छ ।

पहिरोले सडकको करिब ३५ मिटर लामो भाग पुरेकाले त्यसलाई पन्छाउन सडक विभागको प्राविधिकसहितको टोली गइसकेको र आजै अपराह्नसम्म पहिरो हटाई यातायात सेवा सञ्चालन गर्ने प्रयास भइरहेको सिस्नेरी प्रहरीचौकीले जनाएको छ । पहिरो पन्छाउन सिस्नेरीबाट खटिएको प्रहरी टोलीले समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताउनुभयो   । 

(रासस)

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update