
ललितपुर, साउन १८ । एक महिना अगाडी मात्र इमाडोलका युवाहरुले गठन गरेको अन्तर्राष्ट्रिय सामाजिक संगठनको एक शाखा लायन्स क्लब अफ काठमाडौं ललित मण्डला को आयोजनामा महालक्ष्मी नगरपालिका-८ लालडाँडा ललितपुरमा विभिन्न फलफूल तथा भु-क्षय नियन्त्रण गर्ने खालका बिरुवाहरु बृक्षारोपण गरियो ।
भर्खरै गठन भएपनि यस संगठनले चोभार डाँडामा बृक्षारोपण, पशुपति क्षेत्रमा बादरलाई खाना खुवाउने, कोभिडको मारमा परेका मजदुरलाई रासन हस्तान्तरण लगायतका थुप्रै कार्य गरिसकेको छ ।
२०७८/४/१६ गते लायन्स क्लब अफ काठमाडौं ललित मण्डलाद्धारा आयोजित बृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि इम्प्याक्ट चिफ भुवन पोखरेल एम. जे. एफ ज्यू र जोन चियरपर्सन तिलक श्रेष्ठ एम. जे. एफ ज्यू को उपस्थिति थियो । अध्यक्ष द्धारिका श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो भने क्लबका सदस्य पुष्करजँग थापाले कार्यक्रम संयोजन गर्नुभएको थियो । ललितपुरको महालक्ष्मी-८ लालडाँडाबाट काठमाडौं, भक्तपुर र ललितपुर लगायत हिमालको दृष्य स्पष्ट देखिने एक पर्यटकिय गन्तब्य मध्ये एक हो ।
कार्यक्रममा तेजपत्ता, एभोगाडो, मसला, काइँयो, फुल, कपुर, धुपी, हलुवावेद र अम्बा लगायतका १५५ वटा बिरुवा वृक्षारोपण गरिएको थियो र अन्तमा विशाल र भव्य कार्यक्रमका साथै बनभोज कार्यक्रम समेत गरिएको थियो ।