
काठमाडौं, साउन १७ । नेपाल चेम्बर अफ कर्मसमा पर्यटन प्रवद्र्धन तथा संस्कृति समिति गठन भएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कार्य समिती सदस्य अर्जुन शर्माको सभापतित्वमा चेम्बर अन्तर्गत गठित पर्यटन प्रवद्र्धन तथा संस्कृति समितिको सदस्यमा मनोनयन हुनुभएका क्रमश दीपक राज जोशी, हिक्मत सिंह ऐर, बिनय वस्नेत, युवराज श्रेष्ठ, खुम वहादुर सुवेदी, जनक राज कालाखेती, बिक्रम पाण्डे, हरी प्रसाद धरेल, देवचन्द्रलाल कर्ण लाई मनोनयन पत्र प्रदान गर्नुभयो ।
उक्त अवसरमा अध्यक्ष मल्लले कोभिड १९ को महामारीले नेपालको पर्यटन क्षेत्र बढि प्रभावित भएकोले यस क्षेत्रको प्रवद्र्धनका लागी पर्यटन क्षेत्रसंग आवद्ध सबै निकायहरु लाग्नुपर्ने बताउनु हुँदै, यस समितिमा नेपालको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रको विकासमा लामो अनुभव हासिल गर्नु भएका महानुभावहरुकोे प्रतिनिधित्व भएकोले चेम्बरको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रमा गरिने प्रयासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गर्नुभयो ।