Kath Khabar
विश्व किर्तीमानी गीतकार उपाध्यायका फरक शैलीका सात गीति कविता बिमोचित

काठमाडौं, साउन २० । विश्व किर्तीमानी गीतकार तथा कवि साहित्यकार डा. डि.आर. उपाध्यायले एक समारोहबिच आफ्ना फरक शैलीका सात वटा गीति कविता सार्वजनिक गर्नुभएको छ । गिनीज अफ वर्ल्ड रेकर्ड सहित विश्वका चर्चित ५२ वटा विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले मंगलबार सार्वजनिक गरेका सात वटा गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्ने तयारी गर्नुभएको छ ।

यसपटक उहाँँले सार्वजनिक गरेको गीति कवितामा विश्वका एक सय १० म्युजिक ब्यान्डको नाम समेटिएको गीति कविता, हामी शब्द ६० पटक समेटिएको गीति कविता, एक सय ७० मोवाईल फोनको नाम समावेश गरिएको गीति कविता, ५३ विभिन्न प्रजातिको कुकुरहरुको नामबाट तयार गीति कविता, संसारका प्रचलित ४१ वटा ह्याट-क्वापको नाम समेटिएको गीति कविता, शब्दको अन्त्यमा ४३ यो अक्षर समावेश गरि बनाईएको गीति कविता, विभिन्न गाडीका ६० वटा मोडलहरुको नामबाट तयार गरिएको गीति कविता सार्वजनिक गर्नुभएको हो । यी गीति कवितालाई पनि उहाँँले केही दिनमै विश्व रेकर्डमा समावेश गर्नुहुने छ ।

गीत संगीत तथा साहित्य सृजनाबाट यतिधेरै विश्व रेकर्ड कायम गर्ने उहाँ पहिलो नेपाली सर्जक हुनुहुन्छ । उहाँले अर्को महिना भित्र करिब ६० वटा विश्व रेकर्ड पुर्याउँदै हुनुहुन्छ ।  

 

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update