Kath Khabar
मध्यरातमा भक्तपुरको दधिकोटमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

भक्तपुर, साउन २० । सूर्यबिनायक नगरपालिका-४ दधिकोटस्थित अरनिको निर्माण सामाग्री डिपोमा बा.५ ख ७८४१ नम्बरको टिपरबाट गिटी झार्ने क्रममा करेन्ट लागेर टिपरका सहचालक महोत्तरी बर्दिबास बस्ने २२ वर्षीय बिशाल तामाङको मंगलबार राति मृत्यु भएको छ ।

उक्त डिपोमा टिपरको बुम उठाई ढाला खोल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएको उहाँको उपचारको लागि मध्यपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।  


 

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update