हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक, साउन २२ । लगातारको बाढीले पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । बिहान ०६ः५० बजेको समयमा मेलम्ची नगरपालिका-१३ मेलम्ची-जिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिरामा इन्द्रावती नदीले बाटो कटान गर्दा २० मिटर बाटो झरी मेलम्चीतर्फ जाने बाटो पूर्णरूपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
सहजताका लागि वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिनुभयो । अहिले मेलम्चीबाटकाठमाडौं र काठमाडौंबाट मेलम्ची आएका यातायातका साधन र यात्रु अलपत्र परेका स्थानीयवासी शालिग्राम घोरासैनीले जानकारी दिनुभयो ।
(रासस)
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८ १०:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय