Kath Khabar
विद्युतीय भुक्तानी गर्दा भ्याटको दश प्रतिशत रकम स्वचालित रुपमा खातामा 

काठमाडौं, साउन २२ । विद्युतीय भुक्तानी प्रयोग गर्दा भ्याटको दश प्रतिशत रकम स्वचालित रुपमा खातामा जाने भएको छ। डेबिट/क्रेडिट कार्ड तथा क्यूआर कोड जस्ता विद्युतीय भुक्तानी उपकरणबाट भुक्तानी प्राप्त गर्ने बिक्रेताले मूल्य अभिवृद्धि करको दश प्रतिशत रकम उपभोक्ताको बैंक खातामा स्वचालित रुपमा फिर्ता हुने आन्तरिक राजस्व विभागले जानकारी दिएको छ।

विभागले शुक्रबार सूचना जारी गर्दै वस्तु तथा सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ताको व्यवस्था कार्यान्वयनमा ल्याउने लागको छ। भ्याट फिर्ता कार्यान्वयनका लागि व्यवसायी, उपभोक्ता तथा सरोकारवाला व्यक्ति तथा निकायहरुलाई आग्रह गरिएको छ। 

यसैबीच आम व्यवसायी, उपभोक्ता तथा सरोकारवाला व्यक्ति तथा निकायहरूलाई समेत विभागले भ्याट फिर्ताको व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरेको छ । मूल्य अभिवृद्धि करमा दर्ता भएर आन्तरिक राजस्व विभागबाट स्वीकृत विद्युतीय बीजक जारी गर्ने करदाता यो प्रणालीमा आवद्ध हुन सक्नेछन् ।

विभागमा सूचीकृत विद्युतीय  बीजक सफ्टवेयर आपूर्तिकर्ताले यो प्रणालीसँग सामञ्जस्य हुने गरी आफ्नो सफ्टवेयर परिमार्जन गर्नुपर्ने व्यवस्था विभागले गरेको छ । भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायक लगायतका सबै बैंक तथा वित्तीय संस्थाले यो प्रणाली कार्यान्वयनमा सहजीकरण गर्नुपर्ने व्यवस्था समेत गरिएको छ ।

प्रणालीमा आवद्ध बिक्रेताले आफ्नो कारोबार स्थलमा विद्युतीय भुक्तानी सम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता हुने सुविधा रहेको जानकारी सार्वजनिक गर्नुपर्ने विभागले जनाएको छ। 

आन्तरिक राजस्व विभागले २०७६ पुस २५ देखि लागू हुनेगरी विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धी कार्य प्रक्रिया जारी भएपनि अहिले आएर मात्र कार्यन्वयन आउन लागेको हो। तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमार्फत् भ्याट फिर्ताको कार्यक्रम ल्याउनु भएको हो। 
 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १८:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update