काठमाडौं, वैशाख १९ । भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटीमा अध्ययनरत एक नेपाली विद्यार्थी बिहीबार साँझ आफ्नो होस्टेलको आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छिन् ।
मृतकको नेपालको बारा सिम्रौनगढकी प्रिसा साहको रहेकी छिन् । उनको शव होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले जनाएको छ । प्रहरी आयुक्त एस. देव दत्त सिंहका अनुसार, साँझ ७ बजे उपस्थिति लिँदा प्रिशा कोठामा एक्लै थिइन् र प्रतिक्रिया नदिएपछि जाँच गर्दा उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो। उनी केआईआईटीमा स्नातक प्रथम वर्षको विद्यार्थी थिइन् र आफ्नो चलिरहेको परीक्षामा भाग लिन विश्वविद्यालयको होस्टेलमा बस्दै आएकी थिइन्।
स्मरण रहोस् गत फागुन ४ मा सोही विश्विवद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल छात्रावासमा मृत भेटिएकी थिइन् । नेपाली छात्रा मृत भेटिएको घटनामा त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । भुवनेश्वर प्रहरीका अनुसार अनुसन्धान सुरु भएको र शव पोस्टमार्टमका लागि पठाइएको छ ।
प्रिसाको घटना छानबिनका लागि परराष्ट्र मन्त्रालयले पनि छानबिनका लागि कूटनीतिक पहल सुरु गरेको छ ।