
काठमाडौं, वैशाख २१ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी नेपालमा विकास भइरहेको बादल प्रणाली पूर्वतिर सर्दै गएको छ, जसले गर्दा देशका विभिन्न भागहरूमा वर्षा भइरहेको छ ।
गण्डकी प्रदेशको पहाडी भू- भागको थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।
यस्तै, राती कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भू-भागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।
मेघगर्जन/चट्याङ्ग सहित वर्षा गराउने बादल पश्चिमबाट पूर्व सर्दै गरेकोले गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका बाँकी केही भू-भागहरू तथा मधेश प्रदेशको समेत थोरै भू-भागहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरको छ ।