Kath Khabar
नागढुङ्गा-नौबिसे सडक भाेलिदेखि ३१ गतेसम्म रातको समयमा पाँच घण्टा बन्द गरिने

                    काठमाडौं, वैशाख २१ । नागढुङ्गा-नौबिसे सडक वैशाख २२ देखि ३१ गतेसम्म रातको समयमा पाँच घण्टा बन्द गरिने भएको छ । 

सडक निर्माणको काम जारी रहेकाले दश दिनसम्म रातको समयमा बन्द रहने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ । वैशाख २२ देखि वैशाख ३१ सम्म राति ११ः०० बजेदेखि बिहान ३ः०० बजेसम्म सबै सवारी साधनको आवागमन बन्द रहनेछ ।

काठमाडौँबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनलाई राति नागढुङ्गा चेकपोष्टमा र  नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधनलाई खत्रीपौवा पुलमा रोकिने सूचनामा उल्लेख छ । त्यस समयमा सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न नागढुङ्गा-मुग्लिन सडक योजना कार्यालयले आग्रह गरेको छ ।

यस्तै, साना तथा मझौला सवारीसाधनले सीतापाइला-भीमढुङ्गा-रामकोट-धार्के सडक प्रयोग गर्न सक्नेछन् भने वैकल्पिक बाटोका रूपमा सामाखुसी-टोखा-गुर्जेभञ्ज्याङ-छहरे-त्रिशूली-गल्छी सडक हुँदै जान सकिनेछ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update