Kath Khabar
अझै भेटिएन हेटौँडामा जमिनमुनि भासिएको गाडी

                                            काठमाडौं, वैशाख २१ । हेटौँडामा जमिनमुनि भासिएको बोलेरो गाडी अझै पनि बेपत्ता छ ।  शुक्रबार हेटौँडा उपमहानगरपालिका गैरी गाउँस्थित सडकमा रोकिर राखिएको ना ४ च ४८३३ बोलेरो गाडी अचानक जमिनमुनि भासिएर बेपत्ता भएको थियो ।

बोलेरो गाडी ५ सेकेण्डमै जमिनमुनि भासिएर हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । मोटर लगाएर पानी फाल्दा पनी भासिएको बोलेरो गाडी अहिलेसम्म भेटिएको छैन । गाडीका चालक र सहचालकले भने गाडी भासिनुअघि नै निस्किएर जोगिएकाे बताइएकाे छ  ।

हाल गाडी भासिएको सडकमै पानीको दह बनेको छ । तर गाडी कहाँ पुग्यो पत्तो लागेको छैन । जमिनमुनि पानीको बहाव वा माछापालनका लागि भनेर खनेको नजिकै रहेको बोरिङले पानीको सतहसँगै बालुवा पनि तानेका कारण सतह कमजोर भई धसिएको हुन सक्ने प्रहरीको अनुमान  छ ।

हाल पानीलाई निकास दिएर गाडीको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update