Kath Khabar
खुल्याे कान्तिलोकपथ सडक
File photo

                         काठमाडौं, वैशाख २१ । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोक सडकखण्ड आवश्यक मर्मत कार्य पछि आज दिउँसो १ बजेदेखि लागि पुनः खोलिएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिकाको वडा ८ र ललितपुरको बागमती गाउँपालिकाको वडा २ जोड्ने बागमती नदीमाथि निर्माण गरिएको डाइभर्सन वर्षाका कारण आएको बाढीले क्षतिग्रस्त भएपछि सडक अवरुद्ध भएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सडक मर्मत सम्भारको काम सम्पन्न भएको छ, जसले गर्दा सवारी साधन आवागमन पुनः सुरु भएको छ।

विगत केही दिनदेखि यस क्षेत्रमा सडक स्तरोन्नतिको काम चलिरहेको थियो।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update