उडिशा, वैशाख २३ । भारतको ओडिशाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा शाहको पोष्टमार्टम रिपोर्ट आएपनि अझै स्पष्ट भएको छैन । पोस्टमार्टम रिपोर्टले मृत्युको कुनै कारण खुलाएको छैन ।
भारतस्थित नेपाली दूतावासमा तैनाथ नेपाल प्रहरीका एसएसपी सञ्जीव दास शर्माले पोस्टमार्टम रिपोर्टले कुनै पनि कारण पहिचान गर्न नसकेको पुष्टि गरेका छन् ।
ओडिशाको भुवनेश्वर प्रहरीले विद्यार्थीहरूलाई सोधपुछ गरिरहेको छ । प्रिशासँग होस्टेलको रुम सेयर गर्ने दुई सिनियर विद्यार्थीहरू घटना हुनुभन्दा पहिले नै घर फर्किसकेको बताइएको छ । उनका रूममेटहरू बाहिर हुँदा उनको मृत्युको खबर फैलिएको थियो ।
अनुसन्धान अझै जारी रहेको र उनको ल्यापटप र मोबाइल फोन फोरेन्सिक प्रयोगशालामा पठाएको उनले बताए ।