बिहानदेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा
मुग्लिन, वैशाख, २८ । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिक कोईला बोकेको ट्रक अनियन्त्रित भई पल्टिँदा अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा आएको छ ।
वीरगञ्जबाट कोइला बोकेर काठमाडौँतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ९८१७ नम्बरको ट्रक आज बिहान करिब ७ बजे अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।
हाल साना सवारीसाधनहरूलाई एकतर्फी छोडिएको छ भने पल्टिएको ट्रक साइड लगाउने कार्य भैरहेको छ । सडक दुईतर्फि संचालनमा आउन केही समय लाग्ने चितवन प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२ १०:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय