Kath Khabar
दुईतर्फी सञ्चालनमा आयो मुग्लिन-नारायणगढ सडक
Photo RD Bharatpur

                         मुग्लिन,  वैशाख, २८ ।  मुग्लिन-नारायणगढ सडक खण्डको तुईन खोला नजिक कोईला बोकेको ट्रक अनियन्त्रित भई पल्टिँदा अवरुद्ध बनेको सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

वीरगञ्जबाट कोइला बोकेर काठमाडौँतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ९८१७ नम्बरको ट्रक आज बिहान करिब ७ बजे अनियन्त्रित भई सडकमा पल्टिएर अवरुद्ध बनेको सडक केहि समय एकतर्फि खुलाइएपनि अहिले दुईतर्फी दुईतर्फी संचालनमा आएको चितवन प्रहरीले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update