रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाई सकियो
काठमाडौं, वैशाख ३१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्नुपर्ने रिट निवेदन माथि आज सर्वोच्च अदालतमा भएको सुनुवाइ सकिएको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा उक्त रिटमाथि सुनुवाइ भएको हो । मिश्रलाई गैरकानूनीरूपमा थुनामा राखिएको भन्दै मंगलबार मिश्रकी पत्नी सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
रिटमाथिको सुनुवाइ सकिएकाले आजै आदेश आउने सम्भावना छ । अदालतले उनलाई थुनुवामा राख्नुपर्ने कारण पेस गर्न सरकार र गृह प्रशासनलाई आदेश दिन सक्नेछ ।
तीनकुने आन्दोलनको प्रदर्शनका क्रममा अराजक गतिविधि गरेको भन्दै उनलाई चैत १५ गते पक्राउ गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १, २०८२ १३:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय