Kath Khabar
थुनामुक्त भए रवीन्द्र मिश्र

                         काठमाडौं, जेठ २ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र थुनामुक्त भएका छन् ।

नेता मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले मिश्रलाई हाजिरी जमानीमा थुनामुक्त गर्ने आदेश दिएको हो । न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो ।

चैत्र १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका थिए । राणालाई उपचारका लागि भन्दै वैशाख ७ मा हाजिरी जमानीमा छोडिएको थियो ।

प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गर्न हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँबाट पटक पटक अनुमति लिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update