दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, जेठ ४ । तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईं र अन्य २६ जनालाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले यो निर्णय गरेको हो ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो । उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२ १७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय