काठमाडौं, जेठ ५ । काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १ किलो ५ सय ग्राम सहित भारतीय नागरिक २७ वर्षीय ARUN PALATHINGAL SOMAN शुक्रबार राति पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ४ किलो २ सय १५ ग्राम सहित भारतीय नागरिक ३५ वर्षीया SUMAIYA MEHBOOB SHAIKH शनिबार पक्राउ परेकी छिन् । थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ट्याब्लेट सहित सर्लाही बागमती नगरपालिका-१२ बस्ने २८ वर्षीय सागर बम्जनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ७१०१ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-३ आँपगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय १० मिलिग्राम सहित सोही नगरपालिका-३ ज्ञाने चोक बस्ने १७ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट भद्रपुरतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-६ देवीनगर पुरानो बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम र नगद ५५ हजार रूपैयाँ सहित बाग्लुङ वरेङ गाउँपालिका-३ घर भएका ४१ वर्षीय टेक बहादुर बुढाथोकीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-२ जितगढी किल्लाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सैनामैना नगरपालिका-१ बस्ने २९ वर्षीय धन बहादुर विश्वकर्मालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी रूपन्देही, बुटवल उपमहानगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने स्याङ्जा वालिङ नगरपालिका-११ घर भएका २८ वर्षीय अर्जुन सुनार, बुटवल उपमहानगरपालिका-६ पुरानो बसपार्क बस्ने १९ वर्षीय बिकाश परियार र २४ वर्षीया अनु लामा रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, रतुवामाई नगरपालिका-९ भौडाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय दिपेश घिमिरेलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवा र प्रहरी चौकी इटहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ दक्षिण गेटबाट नियन्त्रित लागूऔषध लुपिजेसिक ९ एम्पुल, एभिल ९ एम्पुल र डाइजेपाम ८ एम्पुल सहित सुनसरी इटहरी उपमहानगरपालिका-१९ बस्ने २५ वर्षीय बिजय विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-१ सिमाना बस्तीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट र डाइसे ३० ट्याब्लेट सहित सोही नगरपालिका-३ बस्ने २८ वर्षीय जितेन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
धादिङ, गल्छी गाउँपालिका-७ गल्छी चोकबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ बस्ने ४४ वर्षीय बद्री अधिकारी र ४६ वर्षीय देबराज अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ३१३० नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
बारा, निजगढ नगरपालिका-४ मौरी खोलाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ६५ ट्याब्लेट सहित ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका-१० चौकीटोल बस्ने २८ वर्षीय प्रेम वाईबा, २२ वर्षीय धन बहादुर थिङ, ३० वर्षीय ज्ञान बहादुर घलान, सोही नगरपालिका-१० बिच टोल बस्ने २४ वर्षीय अमृत दुलाल र मकवानपुर बकैया गाउँपालिका-६ भालु खोला बस्ने २५ वर्षीय बिजय योञ्जन रहेका छन् । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सिराहा, नरहा गाउँपालिका-१ देवीपुरबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१ बस्ने ३५ वर्षीय संजय दास, ३१ वर्षीय रामशरण दास र सोही गाउँपालिका-१ बस्ने बारा कलैया उपमहानगरपालिका-४ घर भएका २० वर्षीय धिरज महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले नरहा गाउँपालिका-१ देवीपुर बस्ने रामदेव दासको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी लागूऔषध कारोबारमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार रामदेवको खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।