Kath Khabar
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा

                       काठमाडौं, जेठ ६ । राष्‍ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ । लामिछानेको निवेदन पुनः सर्वोच्च अदालतमा पेसीमा पेश भएको तर सुनुवाइ नसकिएपछि फेरी स्थगित गरिएको हो ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा बन्दी प्रत्यक्षीकरणको सुनुवाइको लागि तोकिएको थियो । आज रवि पक्षका वकिलहरूले बहस गरेका छन् ।

लामिछानेकी पत्नी निकिता पौडेलले वैशाख ७ गते गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा धरौटी निवेदन दर्ता गरेकी थिइन् ।  मंगलबार यो मुद्दा सातौं पटक सुनुवाइका लागि पेश गरिएको हो । भोलि बुधबार आजकै इजलासमा मुद्दाको सुनुवाई हुनेछ ।

 

 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update