रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथिकाे सुनुवाइ आज स्थगित
काठमाडौं, जेठ ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज स्थगित भएको छ ।
आज न्यायाधीश सुवेदी संवैधानिक इजलासमा बस्नुपर्ने भएकाले सो इजलास बस्न नसकेसँगै सुनुवाइ हुन नसकेको हो । मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा भएको सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
मङ्गलवार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापा, अधिवक्ता दीपेन्द्र झा, डा. नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२ १३:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय