Kath Khabar
रवि लामिछाने र छविलाल जोशीको  बन्दी प्रत्यक्षीकरण रिटमाथि आज पनि बहस हुँदै

                                  काठमाडौं, जेठ ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि आज पनि बहस हुँदैछ ।

लामिछाने र छविलाल जोशीले उच्च अदालत बुटवलको आदेश बदर गरी थुनामुक्त गर्न माग गरेको निवेदनमा मंगलबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको हो । आज सुरूमा रविको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले केहीबेर बहस गर्नेछन् भने त्यसपछि पूर्वडिआइजी जोशीका वकिलहरूले बहस गर्नेछन् ।

६ पटकसम्म हेर्न नमिल्ने सूचीमा परेको उक्त रिटमाथिको बहस न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । रवि लामिछानेतर्फका कानून व्यवसायीले मंगलबार नै बहस सकेका छन् । बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा बसेकाले सुनुवाइ स्थगित गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update