दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडौं, जेठ ८ । तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
प्रहरीको अनुरोधमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजालसले म्याद थप गरेको हो ।
प्रहरीले यस घटनामा संलग्नहरूमाथि आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध र संगठित अपराधमा संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन अन्तिम तयारी गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२ १६:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय