रवि लामिछाने र छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणको रिट आज हेर्दाहेर्दैमा

काठमाडौं, जेठ ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणको रिट आज हेर्दाहेर्दैमा राखिएको छ । उक्त मुद्दाको सुनुवाइ समय अभावका कारण बीचमै स्थगित भएको छ ।
न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले मंगलबारदेखि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीले दायर गरेको रिट निवेदनको सुनुवाइ गरिरहेको छ।
आज वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले लामिछानेको तर्फबाट बहस गरे, त्यसपछि पूर्व डीआईजी जोशीका कानुनी प्रतिनिधिहरूले बहस गरे। त्यसपछि सरकारी वकिलहरूले आफ्नो तर्क प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२ २२:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय