बैतडी केन्द्रविन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं, जेठ ९ । सुदूरपश्चिमको बैतडी जिल्लामा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे ५.१ र २ः०० बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।
लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आएको छैन ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२ ११:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय