Kath Khabar
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ सकियो, आजै आदेश सुनाउने तयारी

                       काठमाडौं, जेठ ९ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको पक्षमा दायर गरिएको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइ सकिएको छ । न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा भएको सुनुवाइका दुवै तर्फको वकिलहरूले बहस सकाएका छन् ।  सुनुवाइपछि आजै आदेश सुनाउने तयारी रहेको छ।

लामिछानेलाई यसअघि बुटवल सर्वोच्च बचत सहकारी ठगी मुद्दामा रूपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गरेपनि बुटवल उच्च अदालतले पछि धरौटीको आदेश उल्टाउँदै न्यायिक हिरासतमा पठाएको थियो ।  

 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update