Kath Khabar
सहकारी पीडितद्धारा काठमाडौंमा अर्धनग्न विरोध प्रदर्शन

                             काठमाडौं, जेठ ११ ।  सहकारी ठगीका पीडितहरूले बचत फिर्ताको माग गर्दै आइतबार माइतीघर मण्डलामा अर्धनग्न विरोध प्रदर्शन गरेका छन् । पटक पटक शान्तिपूर्ण विरोध प्रदर्शन गर्दा पनि न्याय नपाएपछि यस्तो कदम चाल्न बाध्य भएको प्रदर्शनकारीहरूले बताएका छन् ।

उनीहरूले सरकारले समस्याग्रस्त सहकारीहरूबाट आफ्नो निक्षेप फिर्ता गर्न प्रभावकारी कदम चालेको आरोप लगाए । यसअघि, पीडित महिलाहरूले पनि आफ्नो दुर्दशाप्रति ध्यानाकर्षण गराउन अर्धनग्न विरोध प्रदर्शन गरेका थिए।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update