Kath Khabar
सप्तकोशीमा उद्धार अभ्यासका क्रममा बेपत्ता गोताखोर मध्ये एकको शव फेला, अर्काको खोजी जारी

                  काठमाडौं, जेठ २३ ।  सप्तकोशी नदीमा बिहीबार भएको विपद् उद्धार अभ्यासका क्रममा बेपत्ता भएका सुरक्षाकर्मीहरू मध्ये एक गोताखोरको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले बताएअनुसार झापाका सशस्त्र प्रहरी हवल्दार हरिदेव राजवंशीको शव आज बिहान सप्तकोशी नदीको किनारमा फेला परेको हो । डोटीका अर्का बेपत्ता हवल्दार सुरज साउदको खोजी कार्य जारी छ ।

बेपत्ता भएका गोताखोरकोको खोजी गर्न सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ जनाको टोली खटाइएको छ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी नदीमा बिहीबार दिउँसो मनसुनजन्य विपद्को पूर्वतयारी का लागि प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यास क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update