Kath Khabar
बाजुराको बाम्का बजारमा भीषण आगलागी, ठूलो धनमालको क्षति


                   बाजुरा, जेठ २३ । बाजुराको बुढीगंगा नगरपालिका-८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट ४० वटा घर पसल जलेर पूर्णरुपमा नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो ।  दमकलको अभावमा आगो नियन्त्रण गर्न कठिनाइ भएको स्थानीयले बताएका छन् । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् । 

आगलागिबाट मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको बताइएको छ । नगरपालिकाले क्षतिको विवरण सङ्कलन र राहत वितरणको तयारी सुरु गरेको जनाएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  २२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update