Kath Khabar
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जना विरुद्ध भष्टाचार मुद्दा

                              काठमाडौं, जेठ २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालिन प्रबन्ध निर्देशक सुनिल पौडेल र प्रबन्ध निर्देशक (एमडी) संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहाडी र पौडेलसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ । बिगो बमोजिम कैद र जरिबानासमेत माग दाबी गरिएको छ । 

आयोगले एमसीसम्बन्धी प्रावधानमा रहेको वार्षिक ५ प्रतिशत छुटको व्यवस्था कार्यान्वयन नगरि बदनियत राखेर एकमुष्ट ५ वर्षको एमसी खरि गरि दायित्व सिर्जना गरेको उल्लेख गरेको छ । आयोगका अनुसार उक्त सम्झौताले नेपाल टेलिकमलाई ३३ करोड ४० लाख ६७ हजार ३५८ रुपैयाँ हानि नोक्सानी हुने आरोपपत्रमा उल्लेख गरेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update