Kath Khabar
यसरी काठमाडौं आइपुगे अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपाली

                      काठमाडौं, जेठ २६ । अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपाली काठमाडौं आइपुगेका छन् । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर छाेडेको हो । डिपोर्ट गरिएका मध्ये ३२ पुरुष र ५ महिला रहेका छन् ।

अमेरिकाबाट बङ्गलादेशको ढाका ट्रान्जिट हुँदै उनीहरू आइतबार साँझ काठमाडौं आइपुगेका हुन् । आइतबार मध्यराति काेही बोरा बोकेर त कोहि रित्तो हात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका थिए । 

अमेरिकाले अध्यागमन कानुन उल्लंघन गरेको भन्दै ३७ नेपालीलाई डिपोर्ट गरेको हो ।  राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनपछि अमेरिकाले आप्रवासन नीतिहरू अझ कडा बनाउँदै आएको छ । भिसा नियमको पालना नगर्ने वा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अमेरिकाले पछिल्ला वर्षहरूमा नेपालीहरूलाई डिपोर्ट गर्दै आएको छ । यसअघि अमेरिकाले १४० नेपाली डिपोर्ट गरिसकेको छ । 

 

 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update