Kath Khabar
कार्यक्रमका लागि रुकुम पश्चिम पुगेकी गायिका रचना बिरामी, काठमाडौं ल्याइयाे
Photo : LB Katuwal

                          काठमाडौं, जेठ २७ । सांगीतिक कार्यक्रमका लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाल अचानक बिरामी भएपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिन पुगेकी उनलाइ अचानक पेट दुखेपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएको थियो । नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर ह्याम्स अस्पताल भर्ना गरिएको छ ।  

स्राेतका अनुसार उनलाई चौरजहारी अस्पतालले एपेन्डिसाइटिस भएको पुष्टि गरेकाे छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update