Kath Khabar
मौसम: आज कहाँ कहाँ पर्नेछ पानी ?

                        काठमाडौं, जेठ २८ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।

देशको सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल बिकसित भइ यी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ र यो प्रणाली पूर्वतिर सर्दै गइरहेको छ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका  एक-दुई स्थानमा  हल्का वर्षा/ हिमपातको सम्भावना रहेको रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका  एक-दुई स्थानमा  हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update