तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई आठ लाख रकम सहयोग

काठमाडौं, जेठ २८ । गत चैत्रमा तीनकुनेमा भएको राजावादीहरुको आन्दोलनको घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई संयुक्त जनआन्दोलन समितिले सहयोग रकम हस्तान्तरण गरेको छ ।
समितिले महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगेर घाइते रेविका खत्रीलाई रकम ८ लाख ३९ हजार ४ सय रुपैयाँ हस्तान्तरण गरिएको हो । सो रकम पोर्चुगलमा बसोबास गर्ने नेपालीले उपलब्ध गराएका हुन् । शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ ।
रमेशराज बास्तोलाको संयोजनमा लिजवन पोर्चुगलबाट उपलब्ध सहयोग उनीहरुले हस्तान्तरण गरेका हुन् । टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही पनि उपस्थित थिए ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२ १३:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय