Kath Khabar
मेयर शाहविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी

                           काठमाडौं, जेठ २९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

अधिवक्ता युवराज सफलले काठमाडौं महानगरपालिकामा जडान गरिएको लिफ्टमा अनियमितता भएको भन्दै महानगर प्रमुख बालेन शाहविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । मेयर साहले केही महिनाअघि कुनै प्रतिस्पर्धा, टेन्डर वा कोटेसन बिना नै महानगर भित्र लगभग १ करोड रुपैयाँ बराबरको लिफ्ट जडान गरेको सफलले उजुरीमा उल्लेख गरेका छन् । 

सफलले उक्त पत्रमा लिफ्ट जडानको विरोध नभएको तर सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक खरीद नियमावली २०६४ अनुसार आवश्यक टेन्डर प्रक्रिया नअपनाई अनियमित तथा अपारदर्शी तरिकाले खरीद गरिएकोप्रति आपत्ति जनाएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update