Kath Khabar
दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि जेल चलान, ३२ जनालाई धरौटीमा छाड्न अदालतको आदेश

                        काठमाडौं, जेठ ३० । काठमाडौं जिल्ला अदालतले  दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासले तीनकुने घटनामा संलग्न प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान र ३२ जनालाई धरौटी जमानतमा छाड्न आदेश गरेको हो ।

प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुपराजावादी भन्ने गोकर्ण शाही, सुशिल बराल, दण्डपाणी रेग्मी, केशव बस्नेत र कुमार तामाङलाई पुर्पक्षमा जेल चलान गर्ने आदेश भएको छ । उनीहरु आगजनी र पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरू सहित छन्।

अदालतले अन्य ३२ जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीहरुसँग १० हजारदेखि १ लाखसम्म धरौटी माग गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update