Kath Khabar
मलेखु–मुग्लिन सडकखण्ड आज देखि असार ७ गतेसम्म रातिको समयमा बन्द हुने

                           काठमाडौं, जेठ ३० । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आज देखि असार ७ गतेसम्म रातिको समयमा बन्द हुने भएको छ ।

जेठ ३० गतेदेखि राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन बन्द हुने भएको हो ।

मलेखु–मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा  आरसीसी बिम राख्नका लागि ठूलो साइजको त्रेन प्रयोग गर्नुपर्ने भएकाले  सवारीसाधन आंशिक बन्द गर्नुपरेको सूचनामा जनाइएको छ  ।

सूचना अनुसार मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मुग्लिन र हलुका सवारी साधनहरू कुरिनटारमा रोकिने छ ।

 

 

noti-1749803627.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update