रवि लामिछाने विरुद्ध पर्सामा पनि मुद्दा दर्ता
काठमाडौं, असार १ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारीको रकम अपचलन गरेको आरोपमा पर्सामा मुद्दा दर्ता भएको छ ।
वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा लामिछानेसहित २९ जनाविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागसहित सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा दायर भएको हो ।
पर्सा प्रहरीले करिब एक महिनाअघि सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । उक्त प्रतिवेदनको आधारमा सरकारी वकिलले अभियोगपत्र तयार गरेको हो ।
हाल लामिछाने रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि अहिले भैरहवा कारागारमा थुनामा छन् ।
प्रकाशित मिति: आइतबार, असार १, २०८२ २२:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय