अदालतमा उपस्थित भए धवल शमशेर राणा
काठमाडौं, असार २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महासचिव धवल शमशेर राणा सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । उनले आज न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान दिने बताइएको छ ।
चैत २८ मा तीनकुने प्रदर्शनमा भाग लिएको आरोपमा उनी पक्राउ परेका थिए तर, उपचार प्रयोजनार्थ हाजीरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर थिए । राणामाथि सरकारले राज्यविरुद्ध फौजदारी अपराध, संगठित अपराध र एकीकृत अपराधअन्तर्गतको कसुरको आरोप लगाउन माग गरेको छ।
प्रकाशित मिति: सोमबार, असार २, २०८२ १२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय