Kath Khabar
धवल शम्शेर राणालाई  ३ लाख धरौटीमा छाड्न आदेश

                    काठमाडौं, असार २ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ।

जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

चैत १५ गते तीनकुने घटनामा पक्राउ परेका राणा स्वास्थ्य अवस्थाका कारण उपचार प्रयोजनार्थ हाजिरी जमानीमा रिहा भएका थिए । त्यसपछि उनी प्रहरीको सम्पर्क बाहिर रहेका थिए तर सोमबार बिहान उनी अदालतमा उपस्थित भएका थिए ।

राणामाथि सरकारले राज्यविरुद्ध फौजदारी अपराध, संगठित अपराध र एकीकृत अपराधअन्तर्गतको कसुरको आरोप लगाउन माग गरेको थियो ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update