रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं, असार ३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाडौँ जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटीमा छाडन आदेश गरेका हो ।
गत चैत्र १५ गतेको तीनकुने घटनामा तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र विरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दायर भएपछि मिश्र मंगलबार अदालतमा हाजिर भएका हुन् ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२ २२:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय