Kath Khabar
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

                      काठमाडौं, असार ४  । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक भारतीय नागिरक पक्राउ परेकी छन्।

विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब १ किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित भारतीय नागरिक ५३ वर्षीया खेमानी मिना सुजित सिंह मंगलबार राति पक्राउ परेकी हुन् । 

एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौं आएकी उनलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकले र्‍याप गरेको ३ वटा डल्लाको सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।    

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update